सिड्नी (अष्ट्रेलिया) । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको अष्ट्रेलियाले स्वागत गरेको छ । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वागत गरेकी हुन् ।
उनले यो कदमलाई विगतमा भएका कठीन परिस्थिति सम्हाल्ने कदमका रुपमा लिएकी छन् ।
कार्कीले शान्तिपूर्ण, जिम्मेवार र समावेशी चुनावतर्फ देशलाई लैजान संयम र धैर्यताका साथ अघि बढ्ने अपेक्षा गरिएको विदेशमन्त्री वोंगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको लामो समयको मित्रदेशका रुपमा नेपाली जनताका साथ र समर्थनमा सदैव रहेको पनि उनले स्पष्ट पारेकी छिन् ।
Australia welcomes the appointment of Rt Hon Sushila Karki as interim Prime Minister of Nepal as a step towards resolving the difficult events of the past week.
— Senator Penny Wong (@SenatorWong) September 14, 2025



