Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

अमेरिकामा पक्राउ परेका कोरियाली कामदार स्वदेश फिर्ता

Zenith Migration Education

सियोल । गत हप्ता अमेरिकी आप्रवासन छापाका क्रममा पक्राउ गरिएका कोरियाली कामदारहरू केही दिन हिरासतमा बसे पनि शुक्रबार सकुशल घर फर्केपछि उनीहरू खुशी देखिएका छन् ।

“म स्वतन्त्र भएको छु र घर फर्किएको छु,” इन्योन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि एक कामदारले चर्को स्वरमा खुशियाली व्यक्त गरे ।
अघिल्लो दिन हिरासतबाट रिहा भएपछि जर्जियाबाट चार्टर गरेको विमानमा सियोलको पश्चिममा रहेको विमानस्थलमा ३१६ दक्षिण कोरियाली र १४ विदेशी कामदार अवतरण गरिसकेका छन् ।

ब्रायन काउन्टीमा हुन्डाई मोटर ग्रुप र एलजी इनर्जी सोलुसनद्वारा सह–सञ्चालित इलेक्ट्रिक कार ब्याट्री प्लान्ट निर्माणस्थलमा गत बिहीबारको छापापछि उनीहरूलाई हिरासतमा राखिएको थियो । कामदारहरूलाई घर ल्याउन गरिएको कोरियाली सरकारको एक हप्ताको प्रयास सफल भएको हो ।

कामदारहरू आगमन हलमा प्रवेश गरेसँगै उनीहरूका आफन्त र अन्य कोरियाली नागरिकहरूले विमानस्थलमा ताली र जयजयकारको गडगडाहटद्वारा स्वागत गरेका थिए ।

अवतरणपछि परिवारका सदस्यहरूको प्रतीक्षालयमा पुगेपछि एक महिलाले आफ्नो पतिलाई अँगालो हाल्दै ‘मायालु’ भनेर चिच्याउँदा त्यहाँ उपस्थित सबैका आँखामा आँसु टिलपिल टिलपिल भइरहेको देख्न सकिन्थ्यो ।

स्वदेश फिर्ता भएपछि अर्का एक आगन्तुकले पत्रकारहरूसँग भने, “घरमा आउनपाउँदा सबै दुःख बिर्सिएको छ । आनन्द महसुस भएको छ । घरमा आइएको छ । सबै ठीक हुनेछ । अहिले सानातिना समस्यालाई बिर्साइदिने आनन्द महशुस भएको छ ।”

परिवारका सदस्यहरू एयरपोर्टमा कामदारहरूको व्यग्र प्रतीक्षामा थिए ।

‘‘मेरो श्रीमान्सहित कोरियाली नागरिक अमेरिकामा पक्राउ परी हिरासतमा लिइएको खबरले मलाई यस्तो लागेको थियो कि मेरो संसार (बाँच्ने आधार) भत्किरहेको छ,” एक महिलाले भनिन् । “हामी गत हप्तामा धेरै चिन्तित थियौँ तर म अभिभूत गर्दैछु मेरा श्रीमान् सकुशल घर आइपुग्नुभएको छ ।’’

ली थर भएकी एक महिलाले भनिन्, “श्रीमान् जुलाईमा बी–१ भिसामा काम गर्न संयुक्त राज्य अमेरिका जानुभएको थियो र बिहीबार घर फर्कने तालिका थियो ।”

“जब मैले पहिलो पटक यो समाचार सुनेँ, मेरो मन स्तब्ध भयो”, उनहले भनिन्, “उनी घर फर्कर्ने अन्तिम हप्तामा भएको अमेरिकी प्रशासनको अकल्पनीय कदमका कारण उहाँले सबै प्रकारका कठिनाइहरू भोग्नुभयो ।”

सह–ठेकेदार कम्पनीमा काम गरिरहेका छोराको स्वागतका लागि आफ्नो ४४ वर्षीय छोराको पर्खाइमा ७४ वर्षीया ली साङ–ही पनि विमानस्थलमा पुगेकी थिइन् ।

लीले भनिन्, “मैले सोचेको थिएँ कि उनी केवल साधारण सोधपुछबाट गुज्रिनेछन् तर जब मैले टिभीमा देखेँ कि उनीहरू हिरासत केन्द्रमा गए र साङ्लाले बाँधिएका थिए, म छक्क परेँ।”

उनले भनिन्, “तर अहिले म आभारी छु, मेरो छोरा स्वस्थ आइपुगेको छन् ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु