Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

अन्तरिम सरकार गठनबारे शुक्रबार पुनः वार्ता हुँदै

Zenith Migration Education

काठमाडौँ । शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार पुनः वार्ता हुँदैछ ।

अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबीच सहमति भए पनि संसद विघटन गर्ने विषयमा राष्ट्रपति सहमत नहुँदा आज बिहान ९ बजे पुनः वार्ता हुने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्व प्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल आज बिहान ३ बजेसम्म चलेको थियो । तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई बिहान ९ बजेसम्मका लागि सारिएको हो ।

बैठकको मुख्य एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय थियो । तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधि सभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको हो ।

यसबीच, जेन जेड आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएपछि दबाब बढेको छ । राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिनेरनसक्ने विषयमा संविधानविदहरुसँग छलफल पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु