Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

प्रधान सेनापति सिग्देलको चीन भ्रमण रद्द

Zenith Migration Education

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

देशको वर्तमान सङ्कटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु