Sunday, September 13, 2026
Zenith Migration Education
Sunday, September 13, 2026

प्रधानसेनापतिले रवि र दुर्गालाई पनि साझेदार भनेपछि जेनजीका प्रतिनिधी वार्ता नगरी फिर्ता

Zenith Migration Education

जेनजी आन्दोलनको पक्षबाट जंगीअड्डामा पुगेकी जेनजीकाे नेतृत्वकर्ता रक्षा बम छलफल अस्वीकार गर्दै बाहिरिएकी छन्।

उनीसहितका युवाहरूसँग भएको छलफलमा प्रधान सेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहलाई समेत वार्तामा समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेपछि बमले आपत्ति जनाउँदै बैठक छाडेकी हुन्।

बमले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै भनेकी छिन्- राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु