Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या २५ पुग्यो 

Zenith Migration Education

काठमाडौँ । सोमबार र मङ्गलबार दुई दिनमा २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार बुधबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २५ जनाको मृत्यु  भएको छ ।

तथ्यांक अनुसार  सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ । त्यसैगरी , सिभिल अस्पतालमा छ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३/३ जनाको मृत्यु भएको छ । 

काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २/२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी सात सय घाइते भएका मध्ये  ४१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार १९७ जनाको विभिन्न अस्पताल भर्ना गरेर उपचारत छन् ।  सिभिल अस्पतालमा २४९ घाइते भएकोमा १५ जनाको शल्यक्रिया गरिएको छ भने नाै जनाको शल्यक्रिया गर्ने योजना छ । ट्रमा सेन्टरमा ७१जना घाइते भर्ना भएकामा मध्य ११ जनाको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु