Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

टेक्ससका समाजसेवी भण्डारीले गरे आत्महत्या

Zenith Migration Education

अमेरिका । टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले मङ्गलबार बिहान आफ्नै निवासस्थान ग्रेनवरीमा आत्महत्या गरेका छन् । उनको आत्महत्याको कारण भने खुलेको छैन ।

पारिवारिक सूत्रका अनुसार, काठमाडौँको मूलपानी घर भै झण्डै दुइ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका ५५ वर्षीय भण्डारी लामो समयदेखि नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका थिए । प्रवासमा रहेर पनि राजनीति र समाजसेवालाई निरन्तर रुपमा अगाडि बढाइरहेका भण्डारीका श्रीमती र दुइ छोरा छन् ।

उनको टेक्सस र मिजोरीमा ग्यासस्टेसन र होटलमा लगानी समेत रहेको बताइएको छ । भण्डारीको शवलाई अन्तिम संस्कारका लागि अहिले फ्युनरल होममा पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु