Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

काठमाडौँका सडकमा नेपाली सेना, बिना काम घरबाहिर ननिस्कन आग्रह

Zenith Migration Education

काठमाडौँ । मङ्गलबार रातिदेखि काठमाडौँका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।

मङ्गलबार भएको जेन–जी प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई बिना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ ।

अन्य सरकारी एवम् संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु