Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

जल्दै गरेको सिंहदरबार

Zenith Migration Education

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित जेनजी युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए ।

सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।

अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् । स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु