Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

काठमाडौँ जिल्ला अदालतमा पनि आगजनी

Zenith Migration Education

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ र त्यहीँ आगजनी गरिएको छ ।

उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु