काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी हुन् ।
‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११ः५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी आईएम विथ यु,’ कार्कीले लेखेकी छन् ।
यसअघि रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए ।



