Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा

Zenith Migration Education

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

सोमबार भएको जेनजीको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु