काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने बताएका छन् । सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
गृहमन्त्रीले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् ।
‘‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’’ गृहमन्त्री लेखकको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।



