Monday, July 27, 2026
Zenith Migration Education
Monday, July 27, 2026

जेनजी प्रदर्शनका घाइतेको जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको परिपत्र

Zenith Migration Education

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पताललाई परिपत्र गरेको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।

साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु