काठमाडौँ । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । सोमबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए ।
थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।



