धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–५, बाँदरे मोडमा बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।
धादिङको ताल्तीबाट विदाङतर्फ जाँदै गरेको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको तेल ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको हो । बसमा सवार सबै घाइते चेपाङ समुदायका व्यक्तिहरू रहेका छन् । उनीहरू न्वागी पर्व मनाउन ताल्तीबाट विदाङतर्फ जाँदै गरेका थिए ।
घाइतेहरूको मलेखुस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी विकास थापाले जानकारी दिए ।
१५ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भए पनि जीवन जोखिममुक्त रहेको अस्पतालले जनाएको छ ।



