Wednesday, November 25, 2026
Zenith Migration Education
Wednesday, November 25, 2026

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई किच्दा मृत्यु भएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ।

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।

“उत्तरी समुद्री तटमा सार्र्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,” प्रहरीले भनेको छ । मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ ।

सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो । यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए ।

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो ।

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुङ्गामा घुमिरहेका थिए ।

सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने, “चार–पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्त्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु