Monday, July 27, 2026
Zenith Migration Education
Monday, July 27, 2026

इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

Zenith Migration Education

काठमाडौँ । नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् ।

वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि तामाङ र आश्रिया कार्की तेस्रो भए । उमेर समूहको फाइनलमा अन्भीले नेपालकी अनुष्का महर्जनलाई हराइन् । नेपालकी समृद्धि नेपालले कास्य हात पारिन् ।

त्यसैगरी, चार–पाँच वर्षको महिलामा आर्या महर्जन, आठ–नौ वर्षको पुरुषमा दिभान्स थापा, १०–१४ वर्षको पुरुषमा अश्विन पुन मगर, १५–१७ वर्षको पुरुषमा प्रिन्स श्रेष्ठ, क्याडेटको महिलामा सुविता गौतम, जुनियर महिलामा बार्बी शर्मा, सिनियर महिलामा बन्दना तामाङ, २०–२५ केजी पुरुषमा प्रमिशसिंह क्षेत्री र सात–आठ वर्षको पुरुषमा ऋषि न्यौपाने पहिलो भए ।

पुरुष २५–३० केजीमा सनिश लामा, चर–पाँच वर्षको पुरुषमा आयान शाही र आठ–नौ वर्षको पुरुषमा नवाङ फिन्जु शेर्पाले स्वर्ण जिते । बार्बीबाहेक सबै स्वर्ण विजेता नेपालका हुन् । बार्बी भारतकी हुन् ।

प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

काता र कुमुते गरी ४५ स्पर्धा समावेश प्रतियोगितामा दुई सय ८३ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रवि शाहीले जानकारी दिए । नेपालका २५ तथा भारतका पाँच विद्यालयबाट खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु