Monday, August 31, 2026
Zenith Migration Education
Monday, August 31, 2026

उत्तर कोरिया र रुससँग सहकार्य गर्नु अमेरिकाविरुद्धको षड्यन्त्र नहुने चीनको भनाइ

Zenith Migration Education

बेइजिङ । चीनले दोस्रो विश्वयुद्धको स्मरण गर्न आयोजित कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई आमन्त्रण गर्ने आफ्नो निर्णयको बिहीबार बचाउ गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा आयोजित विशाल परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा चीनको सैन्य शक्ति प्रदर्शन गरेपछि आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले आफ्ना चिनियाँ समकक्षीलाई सङ्केत गर्दै चीनले अमेरिकाविरूद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।

ट्रम्पले लेखेका छन्, “भ्लादिमिर पुटिन र किम जोङ उनप्रति मेरो हार्दिक सम्मान छ, तर तपाइँले संयुक्त राज्य अमेरिकाविरुद्ध षडयन्त्र गरिरहनुभएको छ ।”

ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले बिहीबार दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा ‘विदेशी पाहुना’लाई निमन्त्रणा गरिएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “इतिहासलाई स्मरण गर्नु, शहीदको स्मृतिको कदर गर्नु, शान्तिको कदर गर्नु र भविष्य निर्माण गर्न शान्तिप्रिय देश र जनतासँग मिलेर काम गर्नु हो ।”

“चीनले कुनै पनि देशसँग कूटनीतिक सम्बन्ध विकास गर्नु कुनै पनि तेस्रो पक्षविरुद्ध निर्देशित हुँदैन,” उनले भने । क्रेमलिनले बुधबार सामाजिक सञ्जालमा ट्रम्पले लगाएको आरोप मजाक मात्र भएको बताएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले रुसको सरकारी टेलिभिजनलाई ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा भने, “मलाई लाग्छ यी तीनै जनाले अमेरिकाविरुद्ध षडयन्त्र रचिरहेका छन् भन्ने कुरा एक विडम्बनापूर्ण अभिव्यक्तिबाहेक अरू केही होइन ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु