Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक टेबुल

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्ध्मा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरे ।

सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो । विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु