काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन संशोधनसँगै अब नेपालको नागरिकता नीतिमा ऐतिहासिक डिपार्चर (प्रस्थान) भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार बोल्दै गृहमन्त्री लेखकले नागरिकता ऐनले अहिलेसम्मकै प्रगतिशील र सहज व्यवस्था गरेर नागरिकताको हक सुनिश्चित गरेको बताए ।
लेखकले अब आमाबाट पनि सन्तानको वंश कायम हुने र कसैले नागरिकतामा आमाको मात्र नाम लेखाउन चाहेमा पाउने व्यवस्था भएको बताए । नागरिकतामा मातृत्वमाथिको विभेद अन्त्य भएको मन्त्री लेखकले बताए ।



