काठमाडौँ । संसदीय सुनुवाइ समितिको रिक्त सभापति पदका लागि निर्वाचन शुक्रबार हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरेल सुनुवाइ समितिको सभापतिको निर्वाचनको मिति जानकारी गराएकी हुन् ।
यसअघि सभापति रहेकी ईश्वरी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनेपछि संसदीय सुनुवाइ समिति सभापति पद रिक्त थियो । न्यौपाने राज्य व्यवस्था समितिमा गएपछि उनको रिक्त सदस्य पदमा रामहरि खतिवडालाई पठाइएको छ ।
कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए । तर अहिले काँग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउन खोजेको बताइन्छ ।



