Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

सिन्धुलीमा सवारी दुर्घटनाःएक युकको मृत्यु,अर्काको अवस्था गम्भीर

Zenith Migration Education

कमलामाई (सिन्धुली) । कमलामाई नगरपालिका–९ नयाँबस्तीमा मङ्गलबार अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु