Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम

Zenith Migration Education

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भइरहेको छ । मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भइरहेको हो ।

जस अन्तर्गत ४ वटा पोलहरू जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी रहेको र सो काम पनि एक–दुई दिनमा सकिने छ ।

त्यस पश्चात् पोल इन्स्टलेसन गरी तिहारभित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ । फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु