Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

Zenith Migration Education

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित भएका छन् ।

सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गरेकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

ललितपुरलाई बस्न योग्य सम्पदामैत्री सहरका रूपमा विकास गर्न योगदान पुर्‍याए बापत एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्डबाट सम्मानित गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी गराए । उनका अनुसार महानगरप्रमुख महर्जनलाई पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवार्ड प्रदान गरेका हुन् ।

ललितपुर महानगरको प्रमुख पदमा दुई कार्यकाल निर्वाचित भएका महर्जनले नेपालका ७५३ वटै स्थानीय तहका प्रमुखमध्ये समर्पित, प्रतिबद्ध, इमानदार नेतृत्वका रूपमा स्थापित भई आधुनिकीकरणसँगै सांस्कृतिक परम्परालाई र सम्पदालाई सुरक्षित राख्न जोड दिँदै आएका छन् ।

सन् १९५७ डिसेम्बर १ मा ललितपुरको पुल्चोकमा जन्मिएका महर्जन बाल्यकालमा पिताको निधनले विभिन्न समस्या भोग्दै सामुदायिक सहयोगमा आफ्नो शिक्षा पूरा गरे। त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर उपाधि हासिल गरेसँगै सामाजिक सेवामा सक्रिय भएका उनी तत्कालीन ललितपुर नगरपञ्चायतको वडाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु