Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

गोरखामा बस दुर्घटना : २६ घाइते, दुई गम्भीर

Zenith Migration Education

सुलीकोट । गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको भिभसेन थापा गाउँपालिका – ३ तान्द्राङको टारीफाँटमा काठमाडौँबाट गोरखा सदरमुकाम हुँदै आरुघाटको सोतीतर्फ जाँदै गरेको प्रदेश–०१००६ ख ४१३९ नम्बरको रात्रीकालिन बस घुम्ति सडकमा मङ्गलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीका अनुसार घाइतेहरुलाई तत्काल स्थानीय र इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उपचारका लागि आरुघाट आधारभूत अस्पतालमा लगिएको छ ।

बस दुर्घटनामा घाइते हुनेहरुको विवरण खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ । अहिले इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटनस्थलमा पुगेर घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु