Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागी कारागार चलान

Zenith Migration Education

कञ्चनपुर । कञ्चनपुर जिल्ला अदालतले कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले सम्झनाका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ भने सासू ससुरा र दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।

सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा भएको थुनछेक बहस सकिएपछि अदालतले मृतकका श्रीमान् भट्ट पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरका अनुसार आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश भएको छ भने सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश भएको हो ।

उनका अनुसार बिहीबार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा हरि र दिदी पूजाबाट जनही एक-एक लाख धरौटी लिन आदेश भएको छ ।

गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु