Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक टेबुल

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गरेका हुन् ।

यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ । सभामुखको आशनमा रहेका उपसभामुख इन्दिरा रानामगरले राखेको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो ।

यसअघि सो समितिको सभापति रहेकी ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएकी छन् । यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु