Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख ६ सय

Zenith Migration Education

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँच रुपियाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

हिजो बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु