Monday, May 25, 2026
Zenith Migration Education
Monday, May 25, 2026

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Zenith Migration Education

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण ठेक्कामा ३६ लाख २० हजार ५७८ रुपैयाँ १० बराबरको भ्रष्टाचार भएको ठहर गर्दै नगरपालिकाका ६ जना कर्मचारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले सार्वजनिक खरिद कानून विपरीत बदनियतपूर्ण तरिकाले ठेक्का सम्झौता गराएको पाइएको भन्दै उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोसहित कैद र जरिवानाको माग दाबी गरेको छ ।

बिहीबार दायर गरिएको आरोप पत्रमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापालाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी, निर्माण कम्पनी न्यू बिके नहकुली जेभी तथा उक्त जेभीका साझेदार न्यू बिके बुइल्डिरस एण्ड सप्लायर्सका सञ्चालक गंगाकुमारी खड्का र नहकुली निमार्ण सेवाका सञ्चालक चित्रबहादुर बोहरा माथि पनि ३६ लाख २० हजार ५७८ रुपैयाँ १० बराबरको बिगो माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु