Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

सर्वोच्चमा पूर्वसचिव अर्यालविरुद्धको फैसला उल्ट्याउन माग गर्दै निवेदन

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालतमा आठ महिनाअघि दिवंगत भएका चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला उल्ट्याउनुपर्ने मागसहित निवेदन परेको छ ।

चक्रबन्धु अर्यालको मुद्दा सकार गर्ने साकार अर्यालले गत असारमै सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका हुन् ।
उक्त निवेदनमाथि सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासले बिहीबार अध्ययन गर्दैछ । उक्त इजलासले पुनरावलोकनको अनुमति हुने वा नहुने भनी आदेश दिनेछ ।

दुई दशकदेखि भ्रष्टाचार मुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत पुसमा ८५ वर्षको उमेरमा दिवंगत भएका थिए । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरे पनि फैसलाको पूर्णपाठ तयार नहुँदै उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु