Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छः मुख्यमन्त्री बानियाँ

Zenith Migration Education

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका छन् ।

निर्माण व्यवसायी संघ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

लागत अनुमानअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारवाहीको दायरामा आउने बताउँदै मुख्यमन्त्री बानियाँले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गरे । ‘‘ठेक्कामा हिजो आठ वटा रड हाल्नुपर्नेमा छ वटा मात्र हाल्ने प्रवृत्ति थियो, अब त्यो दिन अन्त्य भएको छ”, मुख्यमन्त्री बानियाँले भने,“अब इस्टिमेटअनुसार काम भएको छ वा छैन, त्यो सबै प्रविधिले पत्ता लगाई हाल्छ । बदमासी गर्ने कर्मचारी र व्यवसायी दुवैमाथि कारवाही हुन्छ ।”

उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अब प्रदेश सरकारको रु। १० लाखभन्दा माथिका सबै योजना बोलपत्र प्रक्रियाबाट अघि बढ्ने बताए । उनले निर्माण व्यवसायीले अत्यधिक घटाघटमा ठेक्का हाल्ने बाध्यता रोक्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु