Tuesday, September 1, 2026
Zenith Migration Education
Tuesday, September 1, 2026

नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर सङ्कट र चुनौतीबाट गुज्रिरहेको छ : माधव नेपाल

Zenith Migration Education

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् । प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।

‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन रु सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’

सोमबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर सङ्कट र चुनौतीबाट गुज्रिरहेको उनले टिप्पणी गरे । कम्युनिष्ट पार्टीभित्र मात्रै नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी अध्यक्ष नेपालले गरे ।

राजनीतिक सङ्कट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मक सन्देश दिनुपर्ने उनले बताए ।

‘‘नेपालको कम्युनिष्ट आन्दोलन अहिले पनि निकै ठुलो सङ्कटको अवस्थामा छ । चुनौतीको बीचमा छ,’ अध्यक्ष नेपालले भने, ‘‘चुनौती नै चुनौतीहरूको माझबाट हामी अगाडि बढिरहेका छौँ । त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, सङ्कटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन । सङ्कट कहिले आएन रु चुनौती कहिले थिएन रु चुनौती र सङ्कटहरूलाई पन्छ्याउँदै हामी अगाडि बढिरहेका छौँ । त्यसकारण चुनौती र सङ्कटको सामना गर्ने आँटका साथ अगाडि बढाउनुपर्छ ।’’

पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु