काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा २३ सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर आज दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला दुई हजार तीन सयमा १० रुपैयाँमा कायम भएको थियो ।



