Wednesday, September 2, 2026
Zenith Migration Education
Wednesday, September 2, 2026

शैक्षिक उन्नयनका निम्ति सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको जोड

Zenith Migration Education

ललितपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षित जनशक्ति नै राष्ट्रको बृहत् पूँजी भएकाले शैक्षिक उन्नयनका निम्ति राज्यका साथै निजी क्षेत्र सदैव गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सरकार र निजी क्षेत्रको साझेदारीमा लक्ष्य हासिल गर्न सहज हुने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० ललितपुर महानगर समितिद्वारा आज जावलाखेलमा आयोजित एसइई परीक्षा २०८१ मा सर्वोत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकासबाट राष्ट्रको विकास गर्न सकिने बताए ।

संविधानमा स्थानीय तहले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा लिने व्यवस्था गरिएको बताउँदै भने, “तपाईँ निजी विद्यालय सञ्चालकहरू पनि स्थानीय तह माताहतमा जान चाहिरहनु भएको छैन, नागरिकप्रति राज्यको जिम्मेवारी पूरा हुनुपर्छ, कल्याणकारी राज्यको कल्पना संविधानले गरेको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यस वर्ष ललितपुर महानगरले चार ‘जिपीए’ प्राप्त गरेका ८६ विद्यार्थीलाई सम्मान गरेको बताए ।

प्याब्सनका केन्द्रीय संरक्षक एवं जेम्स स्कुलका संस्थापक राजेश खड्काले अभिभावक र विद्यार्थीको अथक प्रयासबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल भएको भन्दै यो मेहनत र लगनशीलतालाई उच्चशिक्षामा पनि निरन्तरता दिन सम्मानित विद्यार्थीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु