Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

गाजामा अनिकालको घोषणा गर्नु ‘सही निर्णय नभएको’ नेतन्याहुको भनाइ

Zenith Migration Education

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका केही भागमा अनिकाल परेको संयुक्त राष्ट्रसङ्घको समर्थनमा जारी गरिएको घोषणाको शुक्रबार निन्दा गरेका छन् ।

नेतन्याहुले रोमस्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण पहलका लागि काम गर्ने संस्था (इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ) लाई उद्धृत गर्दै आफ्नो कार्यालयले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “आइपिसीको रिपोर्ट स्पष्टरूपमा झुट छ ।”

युद्धको समयमा गाजा पट्टीमा मानवीय सहायता वितरण गरिएको उल्लेख गर्दै उनले भने, “इजरायलको भोकमरी सिर्जना गर्ने नीति छैन।”

यसअघि, संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको थियो। मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु