Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

तीन दशकमा माइन तथा विस्फोटनमा परी पाँच सय ५१ जनाको मृत्यु

Zenith Migration Education

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बितेका तीन दशकमा माइन तथा विस्फोटमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु र दुई हजार ८९९ जना घाइते भएको जानकारी दिएका छन् ।

शुक्रबार राष्ट्रियसभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्याङ्क नेपाल प्रहरीलाई उद्धृत गर्दै प्रस्तुत गरेका हुन् ।

“द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई रु १० लाखका दरले राहत रकम प्रदान गरिएको छ”, गृहमन्त्री लेखकले भने, “घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक रु पाँच हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ ।”

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको समेत उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु