Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

चितवनमा जापानी इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

Zenith Migration Education

चितवन । चितवनमा जापानी इन्सेफ्लाईटिसबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ ६ गतेसम्म जिल्लामा दुई महिलासहित चार जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिकाका दुई, कालिका नगरपालिका र राप्तीमा एक/एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षदेखि ८१ वर्षसम्मका छन् ।

चितवनमा साउन यता १३ जापानी इन्सेफ्लाईटिसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । बालबालिका पनि उच्च जोखिम रहेको भए पनि १५ वर्षमुनिका दुई जना मात्र सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार एकै वडा वा सँगैका वडामा दुई वटा सङ्क्रमित भेटिए महामारी भनिन्छ । यस अनुसार भरतपुर, खैरहनी र कालिका नग।पालिका परेका छन् । यो वर्ष नेपालमा १३ जनाको मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले सर्तकताका लागि सबै पालिकालाई आग्रह गरिएको बताए । कुनै लक्षण देखिना साथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार प्रक्रिया सुरु गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु