विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा पत्रकार र प्रहरीबीच ग घम्साघम्सी भएको छ ।
शुक्रबार पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली प्रदेश सभा परिसरबाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरीसँग घम्साघम्सी परेको हो ।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोधमा उत्रिएका हुन् ।
नेपाल पत्रकार महासंघ कोसी शाखाका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।



