Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल आउँदै

Zenith Migration Education

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने जनाएको हो । भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए ।

यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी यही भदौ ९ गते स्वदेश फिर्ता हुनुहुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु