Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

बाथर्स्टमा तीज विशेष कार्यक्रम, लोकदोहोरी गायक चोलेन्द्र पौडेल र पार्वती जिसीको प्रस्तुति

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । हिन्दु नारीहरूको महान पर्व तीजका अवसरमा अष्ट्रेलियाको बाथस्र्ट नेपाली समुदायले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी शुक्रबार (२२ अगस्ट) दिउँसो ४ बजे बाथर्स्टस्थित राग्लान कम्युनिटी हलमा आयोजना हुने कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल र गायिका पार्वती जिसीले विशेष प्रस्तुति दिने भएका छन् ।

बाथर्स्ट नेपाली समुदायका उपाध्यक्ष चन्द्रशेखर यादवका अनुसार तीजलाई सांस्कृतिक उत्सवको रूपमा मनाउँदै नेपाली समुदायलाई एकीकृत गर्ने र अष्ट्रेलियाको बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए एनएसडब्लु राज्य नवनिर्वाचित संयोजक उषा बारिया पोखरेल रहने छिन् । त्यस्तै बाथर्स्ट काउन्सिलका मेयर रोबर्ट टेलर, डेपुटी मेयर बेन फ्राई र सांसद पॉल टूल विशेष अतिथिका रूपमा सहभागी हुने छन् ।

सांगीतिक प्रस्तुति मात्र नभई विविध सांस्कृतिक कार्यक्रम रहने यस समारोहमा सहभागी हुन २५ डलर टिकट लिनुपर्ने छ । कार्यक्रममा सङ्कलन हुने रकम सामाजिक कार्यमा प्रयोग गरिने जानकारी उपाध्यक्ष यादवले दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु