Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व संकलन

Zenith Migration Education

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो ।

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। “साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८० दशमलव २३ प्रतिशत राजस्व संकलन भयो” उनले भए ।

यसमा आयकरबाट सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि कर बापत १४ करोड ४५ हजार र अन्त:शुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व संकलन भएको हो ।

गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व संकलन भएको थियो । कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु