Sunday, August 30, 2026
Zenith Migration Education
Sunday, August 30, 2026

सुन पैठारी प्रकरण : दुई अभियुक्तविरुद्ध साढे दुई करोड बढीको मुद्दा दायर

Zenith Migration Education

भैरहवा । राजस्व अनुसन्धान विभागले भन्सार चुहावटको मुद्दामा दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर भैरहवामा अभियोग पत्र दायर गरेको छ । विभागको बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमार्फत सम्पन्न अनुसन्धानपछि भारतको पन्जाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देही, तिलोत्तमा–१६, कोटीहवा निवासी रामबहादुर बि।क।लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाहीका लागि अदालतमा मुद्द दायर गरिएको हो ।

अनुसन्धानले प्रतिवादीहरूले सुनका गरगहनाहरू भन्सार प्रक्रियाबाट बचाई चोरी पैठारी गरी कारोबार गरेको पुष्टि गरेको छ । सो क्रममा खरिद स्रोत, बिलबिजक, भन्सार प्रज्ञापन पत्रलगायत आवश्यक प्रमाण नदिई भन्सार महसुल तथा कारोबार लुकाई राजस्व चुहावट गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगरको रायअनुसार उनीहरूविरुद्ध मुद्दा दायर गरिएको बुटवल कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जनाएका छन् ।

मुख्य अभियुक्त कुलदिप सिंहले गरेको भन्सार चोरी पैठारीका कारण एक करोड ५ लाख ८ हजार ४ सय ११ रुपैयाँ ३० पैसा बिगो कायम गरिएको छ । सो रकम बराबरको सुनका गरगहना जफत गर्ने मागसहित बिगो बराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गरिएको विभागले जनाएको छ ।

त्यस्तै, सह–अभियुक्त रामबहादुर बि।क।लाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् रु. ५२ लाख ५४ हजार २ सय ६ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ। यसरी दुवै अभियुक्तविरुद्ध जम्मा रु.२ करोड ६२ लाख ७१ हजार २९ रुपैयाँ जरिवानारसजाय माग गरिएको विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु