Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

Zenith Migration Education

काठमाडौँ । बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्ञापन गरेको छ ।

लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यलय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्यमन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धी भन्दै बधाइ ज्ञापन गरिएको छ ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरुलाई धन्यवाद दिएका छन् ।

‘‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो,’’ मन्त्री पौडेलले भनेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धीलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

‘‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु