Friday, May 29, 2026
Zenith Migration Education
Friday, May 29, 2026

नेपाली आरोही पाण्डेले गरे इन्डोनेसियाको सर्वोच्च शिखर ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

Zenith Migration Education

काठमाडौँ । विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका नेपाली आरोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् ।

उनले यसै साता अगस्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समयअनुसार बिहान ९ः३० बजे चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।

सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरूको आरोहण गर्ने तयारीमा रहेका पाण्डेलाई राष्ट्रिय झन्डा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

सेभेन समिट अभियानमा पाण्डेले अब उत्तर अमेरिकी महादेश, अन्टार्कटिका महादेश र अष्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको उनले बताए । यस अधि उनले अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको शिखरमा फेब्रुअरी ६ तारिखमा दिन बिहान सफल आरोहण‍ गरिसेका छन् । सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेका पाण्डे सात वटा महादेशका अग्ला हिमाल चढ्ने क्रममा छन् ।

सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट अभियान सुरु गरेका पाण्डेले अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो र दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखर अकोन्कागुआको पनि सफल आरोहण गरी सकेका छन् । अब आफ्नो आगामी यात्रा उत्तर अमेरिका र अन्टार्टिकाको उच्च हिमाल आरोहण गर्ने रहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु