सिड्नी (अष्ट्रेलिया) । पछिल्लो समय अष्ट्रेलियामा घरेलु र परिवारजन्य हिंसा बढ्दै गएको छ ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले चार दिनसम्म राज्यव्यापी सञ्चालन गरेको अपरेसमा दुई हजारभन्दा बढी घरेलु र परिवारजन्य हिंसाका मुद्दा दर्ता भएको जनाइएको छ ।
जसमा ८६५ जनालाई पक्राउ गरी दुई हजारभन्दा बढी मुद्दा दर्ता गरेको हो ।
प्रहरीले न्यू साउथ वेल्स समुदायमा घरेलु र परिवारजन्य हिंसाका पीडितलाई सुरक्षा दिन यही अगस्ट १३ देखि १६ सम्म यो अपरेसन सञ्चालन गरेको थियो ।



