Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Zenith Migration Education

काठमाडौँ । प्रहरीले गुण्डा नाइके राजु गोर्खालीलाई नियन्त्रणमा लिएको छ । बैंकिङ ठगीसम्बन्धी मुद्दामा उनलाई काठमाडौंको चन्द्रगिरी क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि पनि पटक–पटक गुण्डागर्दीको आरोपमा पक्राउ परेका उनीमाथि पछिल्लो समयमा भने बैंकिङ कसुरमा मुद्दा चलिरहेको छ ।

गोर्खाली विगतमा पनि गुण्डागर्दी, आतङ्क फैलाउने तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पटक–पटक पक्राउ परे पनि रिहा हुँदै आएका थिए ।

हाल उनलाई परिसरमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीविरूद्ध थप उजुरी पनि परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु