Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

Zenith Migration Education

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको आवश्यकता औँल्याए ।

तीन खम्बे अर्थतन्त्रको सहकारी महत्त्वपूर्ण खम्बा भएकाले यसलाई सक्षम र सशक्त बनाइनुपर्ने मन्त्री अधिकारीले धारणा राखे । वडा, पालिका र जिल्लामा कति सहकारी आवश्यक हो, त्यो पहिचान गरेर दर्ता गरिनुपर्ने बताउँदै उनले तरलताको व्यवस्थापनमा सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

सहकारी नियमन प्राधिकरण, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काम गरिरहेको बताउँदै बदनाम भएका सहकारीको अभिलेख तयार पार्न सरोकार भएका निकायलाई मन्त्री अधिकारीले निर्देशन दिए ।

समितिका अध्यक्ष श्रीमनकुमार गौतमले सरकारले घोषणा गरेका समस्याग्रस्त २३ सहकारीमध्ये तीन वटाको हिसाबकिताब राफसाफ गरी बचतकर्ताको सबै बचत रकम फिर्ता गरिएको उल्लेख गरे ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाललगायत वक्ताले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल र पहल भइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु