सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियामा आउने नयाँ नेपाली विद्यार्थी भाइबहिनीका प्रेरणाका स्रोत बन्न सफल व्यक्तित्व हुन्, लक्ष्मी भण्डारी अधिकारी । अधिकारी २०२५–२७ कार्यकालका लागि एनआरएनए निर्वाचनबाट निर्वाचित महिला फोरम एनएसडब्लु डेपुटी कोडिनेटर समेत हुन् ।
पोखरामा शिक्षण पेसा हुँदै सन् २०१७ मा नर्सिङ पेसाबाट अष्ट्रेलिया आइपुगेकी अधिकारी यहाँ आउने नेपाली विद्यार्थी भाईबहिनीहरुको प्रेरणाको स्रोत बन्न सफल भएकी छन् । उनको बाल्यकाल नेपालको कास्कीस्थित नौडाँडामा बित्यो । एक शिक्षित परिवारमा जन्मेकी उनी घरकी जेठी छोरी हुन् । उनीसहित चार बहिनी र एक भाई छन् ।
कास्कीको मोर्निङ स्टार बोर्डिङबाट एसएलसी पास गरेकी अधिकारीले सोही स्कुलमा करिब ६–७ वर्ष शिक्षिका भएर काम गरिन् । त्यसपछि उनले नर्सिङ पेसामा केही गर्छु भनेर भारत गई ब्याचलर अफ नर्सिङ गरिन् र नेपाल फर्किएर नर्सिङ कलेजमा नर्सिङ लेक्चररको रूपमा काम गरिन् ।
त्यसपछि उनको यात्रा अष्ट्रेलिया तर्फ मोडियो । उनी शिक्षण पेसा हुँदै नर्सिङ पेसामा आवद्ध भइन् र अष्ट्रेलिया आइपुगिन् । तीन घण्टाका काम हुन्थ्यो एक घण्टाका पैसा दिँदैन थियो, दुई घण्टाको दिन्थ्यो । त्यो बेला चुनौती धेरै थियो । एडिलेटमा ६ महिना बसे । मेरो पहिलो काम रोयल एडिलेट अस्पतालमा क्लिनिङ जब थियो । एक–दुई दिन त ट्रमा भए जस्तो भयो ।
आज शिक्षण पेसाबाट राजीनामा दिएर भोलिपल्ट अष्ट्रेलिया आएको थिए । तर, मेरो बहिनी र साथीहरुले हस्पिटल क्लिनिङको काम सजिलो हुन्छ । हस्पिट लक्लिनिङ जब सिधै पाउनु भनेको राम्रो हो । एडिलेटको ६ महिनाको बसाइपछि न्यूकेसल आए । यहाँ आएपछि स्कुल क्लिनिङ गरे त्यसपछि एनआइएनको काम गरे । एनआइएनको काम गरेपछि अलि सजिलो हुन थालेको उनले सुनाइन् ।
अहिले एजकेयरमा क्लिनिकल केयर म्यानेजरको रूपमा कार्यरत लक्ष्मी न्यूकेसलको क्यामेरोन पार्कमा बसोबोस गर्छिन् । अष्ट्रेलिया आउँदा आफूले भोगेको दुःख सम्झिँदै लक्ष्मी भन्छिन्, ‘‘अध्ययनका लागि होस् वा रोजगारीका लागि अष्ट्रेलिया आउने नयाँ नेपाली विद्यार्थीहरुलाई सहयोग गर्दै मार्गदर्शन दिँदै सही बाटोमा अगाडि बढ्न प्रेरित गर्छु ।’’
त्यसोत, एनआरएनए चुनावमा नयाँ अनुहार आउँदा को हो, लक्ष्मि भण्डार ? किन आउँदै छ ? के उद्देश्यले आउँदै छ ? भने प्रश्नहरु पनि धेरै आयो । एनआरएनएमा आउनु मेरो मुख्य उद्देश्य भनेको नयाँ युवा पुस्ता र महिला दिदीबहिनीहरुलाई कसरी सहयोग गर्ने भन्ने थियो ।
उनीहरुको मानसिक स्वास्थ्य कस्तो हुन्छ ? घर परिवारबाट टाढा विदेशमा उनीहरुको पारिवारिक जीवनलाई कसरी सहज पार्ने, साथ सपोर्ट कसरी गर्ने र कसरी डोमेस्टिक भायोलन्सलाई मिनिमाइज गर्ने भन्ने उद्देश्यले उनको रहेको थियो । संस्थागत हिसाबले जाँदा अरुलाई सेवा गर्न सजिलो हुने हुँदा एनआरएनएमा जोडिन पुगेको उनी बताउछिन् ।
नेपाली समुदाय न्यूकेसलमा बसेर दुई वर्ष सदस्यको रुपमा काम गरेकी अधिकारीले समाज र न्यूकेसलमा रहेका सम्पूर्ण नेपालीसँग जोडिएर काम गर्ने अवसर समेत पाइन् । त्यसले पनि अष्ट्रेलियामा समाज सेवामा केही गर्न सकिन्छ भने एउटा प्रेरणाको स्रोत बन्यो ।
‘‘बुवा शिक्षक, हजुर बुबाले स्थापना गरेको विद्यालयमा पठाएर त्यहिबाट पेन्स निस्किनुभयो ।’’ उनले भनिन् । त्यसैकारण पनि मलाई शिक्षण पेसामा अभिप्रेरणा मिल्यो । उनीसहित तीनजना न्यूृकेसलमा र एक बहिनी डेन्मार्कमा छन् । अधिकारीका श्रीमान इन्डियन आर्मी हुन् भने उनका एक २० वर्षीय छोरा पनि छन् । छोरा पनि न्यूकेसलमा नर्सिङ पढ्दै छन् । ‘‘परिवार छाडेर अष्ट्रेलिया आउँदा श्रीमान इन्डियामा हुनुहुन्थ्यो भने छोरो नेपालमा पढ्दै थिए ।’’ उनले भनिन्, ‘‘पछि सन् २०१९ मा श्रीमान् अष्ट्रेलिया आउनुभयो । छोरा २०२१ मा आयो ।’’
उनले अष्ट्रेलिया आएका भाइबहिनीको दुःख देखेर, जुन म आफैँले पनि भोगेकी थिइन् । ‘‘मैले भोग्दा मलाई कस्तो भएको थियो । कोही सुनिदिने मान्छे भएदेखि मन कति हल्का हुन्थ्यो जस्तो लाग्थ्यो । सायद रहेक संघर्षसँग लड्दै अगाडि बढ्ने हिम्मतले गर्दा एउटा अवसर पाएर र एस्टाब्लिश्ड भए । मेरो पिआर आयो मेरो कामले गति लियो ।’’ उनले आफ्नो जीवनका बारे सुनाउँदै गर्दा भनिन् ।
‘‘मेरो परिवार मसँग हुनुहुन्छ । मेरो कुरा सुनिदिने सबै जना छन् ।,’’ उनी भन्छिन् । तर, नयाँ आउने भाइबहिनीको त कोइ पनि छैन नि । उनीहरुलाईसँग बसेर एक एक छाक खाइदिँदा मेरो यहाँ कोही छ भन्ने आभास हुन्छ । मेरो कुरा सुनिदिने, मलाई केही अप्ठ्यारो पर्दा सँगै उभिदिने छन् भन्ने महसुश गराउन सक्छु भन्ने उद्देश्यले नै म यहाँ आएको हुँ, उनले भनिन् ।
मेरो सानो प्रयासले उनीहरुलाई सही बाटोमा लाग्न सहयोग पुग्छ । फरक देशमा आएपछि उनीहरुलाई जीवनमा गरिने संघर्ष, उतावचढावका बारेमा थाहा हुन्छ । त्यसैले विदेशी भूमिमा कोही आफ्नो हुनुपर्छ, जसले साथ सहयोग र हैसला प्रदान गर्न सकोस्, हो म त्यही साथ सहयोग र हैसला प्रदान गर्न सक्ने साथी बन्नसके, अधिकारी भन्छिन् ।
त्यसोत, पछिल्लो समय अष्ट्रेलियामा आत्महत्याको घटनाहरु बढ्दै गएको छ । कति नेपालीहरुले अकालमै ज्यान गुमाइ रहेका छन् । त्यो नहोस् भने र उनीहरुलाई जति सकिन्छ त्यति साथ दियो भने त्यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने मेरो सोच छ ।
एनआरएनएमा भएका सबै टिमको योजना अनुसार अगाडि बढ्छौँ । अहिले महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको छ । यसबाट पुरुष पनि पीडित छन् । उनीहरुलाई कसरी सपोर्ट गर्ने र यो एउटा योजनाको रुपमा एनआरएनएको टिममा मेरो तर्फबाट प्रस्ताव राख्ने छुँ । यो एकदमै आवश्यक छ । टिमले गर्यो भने जे पनि सम्भव छ एकैले गर्यो भने त्यो सम्भव हुँदैन ।
अन्त्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपममा मलाई मतदान गरेर अगाडि बढ्न प्रेरित गर्नुभयो । र म जे उद्देश्यले एनआरएनएमा आवद्ध भएको छु त्यो काम गर्नेछु । त्यसमा सबै नेपाली दाजुभाई दिदीबहिन सहयोग अति आवश्यक छ ।
प्रवासमा बसेका पीडित नेपालीहरुलाई सहयोग गर्नुहुने छ । स्वच्छ नेपाली समुदाय बनाउनका लागि प्रेरित गर्न सक्छु भन्ने आशा गरेकी छु ।
परिवार, कामलाई एकदमै व्यालेन्स गरेर लगिराखेको छु । मैले कसैलाई पनि थोरै सहयोग गरे भने आनन्द महसुश हुन्छ । मेरो कारणले कसैको जिन्दगी राम्रो बन्छ भने त्यसले मलाई आत्म सन्तुष्टि बनाउछ ।



