Saturday, August 1, 2026
Zenith Migration Education
Saturday, August 1, 2026

“पीआरको दोस्रो प्रिमियरमा पनि दर्शकको अपार माया, अष्ट्रेलियामा ‘पीआर’को चर्चा चुलिँदै”

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म ‘पि आर’ले दर्शकको अत्याधिक साथ पाएको छ । फिल्मले अष्ट्रेलियामा संघर्षरत युवायुवतीको जीवनकथा बोलेको पक्षलाई दर्शकहरूले मन पराएको निर्देशक शोभित बस्नेतले जानकारी दिए ।

उनले ‘‘सिड्नीमा रहनुहुने दर्शकहरुले फिल्मलाई अत्याधिक मन पराउनुभएको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ । यति धेरै माया पाएकाले हामी थप विशेष शोहरु गर्ने तयारीमा छौँ ।’’

यता निर्माता रञ्जित शाहले ‘पि आर २’ आउने पनि बताए । उनले अष्ट्रेलियामा प्रदर्शनी भइरहेको फिल्म पि आरले दर्शकको अत्याधिक मन पराइरहेका कारण पि आर २ पनि आउने उद्घोष गरे ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘पी आर’को अगस्ट ९ मा रेड कार्पेट प्रिमियर भएको थियो ।

आइतबारको प्रिमियरमा एनआरएनए पूर्वअध्यक्ष गणेश केसी, एनआरएनए अभियान्ता कृष्ण गिरी, वरिष्ठ पत्रकार हेमन्त काफ्लेलगायत सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका नागरिकहरुको उल्लेख्य उपस्थितिले हल भरिएको थियो ।

बरुउडस्थित इभेन्ट सिनेमामा फिल्म चलिरहँदा बिचबिचमा दर्शकले सिढ्ढी र होडिङ्ग द्वारा कलाकारहरुको अभिनयप्रति समर्थन जनाएका थिए ।

फिल्मको दोस्रो प्रिमियर न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा अगस्ट १२ मा हुँदैछ ।

अष्ट्रेलियामै छायाँकन र अष्ट्रेलियाका कलाकारहरूको अभिनयका कारण पीआर अहिले स्थानीय नेपाली समुदायबीच चर्चाको विषय बनेको छ । फिल्ममा अष्ट्रेलियामा स्थायी आवास (पीआर) पाउन नेपाली विद्यार्थीहरूले व्यहोरेको संघर्ष, त्याग र पीडालाई यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ । साथै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु